काठमाडौँ उपत्यकामा २१ जना सहित देशभर थप ९१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २१ फागुन – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २१ जना सहित देशभर थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १५, भक्तपर ४ र ललितपुरमा २ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा २ हजार ६६२ आरटी पीसीआर तथा ३ हजार ५५८ एन्टीजेन परिक्षण सहित ६ हजार २२० जनाको परिक्षण गर्दा थप ९१ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार ९७८ रहेको छ भने सक्रिय संक्रमितको संख्या ६ हजार ९९७ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ३ सय ६२ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ५८ हजार ५ सय ५५ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्युकाे संख्या शुन्य रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९४५ रहेको छ ।

Facebook Comments Box