मास्क नलगाई सार्वजनिक स्थानमा हिँड्डुल गर्नेहरुलाई १०० रुपैयाँ जरिवाना
काठमाडौं, ५ माघ – मास्क नलगाई सार्वजनिक स्थानमा हिँड्डुल गर्नेहरुलाई १०० रुपैयाँ जरिवाना गराउन थालिएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंको टोलीले बुधबारसुन्धारा र कलंकी क्षेत्रमा सार्वजनिक स्थानमा हिँड्डुल गर्ने तथा किनमेलका लागि मास्क नलगाई आएकाहरुलाई जनही १०० रुपैयाँका दरले जरिवााना तिराएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीले भने, ‘बजार एरियामा, सार्वजनिक क्षेत्रमा हिँडडुल गर्ने सर्वसाधारणलाई मास्क अनिवार्य गर्ने सम्बन्धमा एक किसिमको कारबाही गरिएको हो ।’
Facebook Comments Box

