काठमाडौँ उपत्यकामा ५ हजार ५४९ जना सहित देशभर थप १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ४ माघ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५ हजार ५४९ जना सहित देशभर थप १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४ हजार ४, भक्तपुरमा ५७० र ललितपुरमा ९५० जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा १७ हजार ८७२ आरटी पीसीआर तथा ४ हजार ९५६ एन्टीजेन परिक्षण सहित २२ हजार ८२८ जनाको परिक्षण गर्दा थप १० हजार २५८ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख ७२ हजार १९८ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ५६२ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख १७ हजार ५४७ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ६२४ रहेको छ ।

