काठमाडौँ उपत्यकामा १ सय २३ जना सहित देशभर थप २२० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १४ पुस – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ सय २३ जना सहित देशभर थप २२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ९२, भक्तपुरमा १३ र ललितपुरमा १८ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ६ हजार ४३३ आरटी पीसीआर तथा १ हजार १७५ एन्टीजेन परिक्षण सहित ७ हजार ६०८ जनाको परिक्षण गर्दा थप २२० जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख २४ हजार १५७ रहेको छ भने सक्रिय संक्रमितको संख्या ४ हजार ८६४ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २५३ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख ११ हजार ५१८ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ५९० रहेको छ ।

Facebook Comments Box