फ्रान्सले ओमिक्रोन भेरियन्टसहितको संक्रमणको जोखिम बढेको भन्दै प्रतिबन्ध बढाउने निर्णय

फ्रान्स, १३ पुस – फ्रान्सले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टसहितको संक्रमणको जोखिम बढेको भन्दै प्रतिबन्ध बढाउने निर्णय गरेको छ। जनवरी ३ देखि लागू हुने गरी फ्रान्सले बन्द कोठाभित्रको भेलामा २ हजारभन्दा धेरै मानिस सहभागी हुन नपाउने निर्णय गरेका छ। त्यस्तै सकेसम्म घरबाटै काम गर्नुपर्नेछ।

फ्रान्समा एकैदिन एकलाखभन्दा धेरै नयाँ संक्रमित फेला पर्न थालेसँगै सरकारले नयाँ नियम ल्याएको हो। कोरोना महामारी सुरु भएयता पहिलोपटक फ्रान्समा एकैदिन एक लाखभन्दा धेरै नयाँ संक्रमित फेला परेका हुन्।

यद्यपि फ्रान्सले क्रिसमसको पूर्वसन्ध्यामा भने कुनै पनि प्रतिबन्धको नियम लगाएको थिएन। फ्रान्सका प्रधानमन्त्री जिन कास्टेक्सले महामारी कहिले नसकिने फिल्मजस्तो भएको बताए। फ्रान्सका स्वास्थ्यमन्त्रीले कोरोना संक्रमण दिनानुदिन बढ्दै गएकाले कोरोना संक्रमणको ठूलो लहर आउन सक्ने चेतावनी दिए।

फ्रान्सले ल्याएको नयाँ नियमअनुसार लामो यात्रामा बसभित्रै खान र पेय पदार्थ पिउन पनि रोक लगाइएको छ। नाइटक्लबहरु अर्को सूचना नआएसम्मका लागि बन्द गरिनेछ। संक्रमण नियन्त्रणका लागि फ्रान्सले बुस्टर डोज लिने समय पनि छोट्याउने तयारी गरिरहेको बीबीसीले उल्लेख गरेको छ।

Facebook Comments Box