काठमाडौँ उपत्यकामा ७४ जना सहित देशभर थप १३९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २० कात्तिक – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७४ जना सहित देशभर थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५३, भक्तपुरमा १२ र ललितपुरमा ९ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा २ हजार १३४ आरटी पीसीआर तथा १ हजार ७९८ एन्टीजेन परिक्षण सहित ३ हजार ९३२ जनाको परिक्षण गर्दा १३९ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख ९ हजार २३२ रहेको छ भने सक्रिय संक्रमितको संख्या ८ हजार १४४ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप ३९६ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ९४ हजार ८३४ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ४३९ रहेको छ ।

Facebook Comments Box