आज पहाडी भेगमा आंशिकदेखि सामान्यसम्म बदली रहि बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने

काठमाडौं , १४ कात्तिक – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल देशको पहाडी तथा हिमाली भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया रहेकाे जनाएकाे छ ।

महाशाखाका अनुसार आज दिउँसो पहाडी भेगमा आंशिकदेखि सामान्यसम्म बदली र बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने तथा पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे छ ।

त्यस्तै उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे जनाएकाे छ । राति देशको पहाडी भेगमा आंशिक बदली रहनेछ भने बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नम्बर १, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा भने हल्का वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार आगामी २४ घण्टामा देशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेकाले सामान्य सतर्कता अपनाउनहुन अनुरोध गरेकाे छ।

Facebook Comments Box