काठमाडौँ उपत्यकामा १९९ जना सहित देशभर थप ५९१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ११ कात्तिक – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १९९ जना सहित देशभर थप ५९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १५७, भक्तपुरमा १२ र ललितपुरमा ३० जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ८ हजार ८४८ आरटी पीसीआर तथा २ हजार ५०७ एन्टीजेन परिक्षण सहित ११ हजार ३५५ जनाको परिक्षण गर्दा ५९१ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख ५ हजार ७७६ रहेको छ भने सक्रिय संक्रमितको संख्या १० हजार २३६ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप ६६४ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ८९ हजार ७८९ पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ३८२ रहेको छ ।

Facebook Comments Box