आज देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहने पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौं, ११ कात्तिक – जल तथा मौसम पूर्वानुमान महाशाखाअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज देशको पहाडी तथा हिमाली भेगमा आंशिक बदली र बाँकी स्थानमा मौसम सामान्यतया सफा छ।
महाशाखाले देशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेकाले उक्त क्षेत्रका बासिन्दाले कृषिजन्य कार्य गर्दा र यात्रा तथा घुमफिर गर्दा आवश्यक सामान्य सावधानी अपनाउन हुन अनुरोध छ।
माैसमविद्का अनुसार आज देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ भने राति देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ।
Facebook Comments Box

