गुडिरहेको यात्रुवाहक बसमा अचानक आगलागी

काठमाडौँ, ७ कात्तिक – पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरीबजारमा आइतबार बिहान गुडिरहेको यात्रुवाहक बसमा अचानक आगो लागेको छ।

प्रहरीका अनुसार ३६ जना यात्रु लिएर सुर्खेतबाट काठमाडौं तर्फ आउँदै गरेको ना ६ ख १४७१ नम्बरको बसमा एक्कासि आगो सल्किएको हो।
‘गुड्दागुड्दै बसमा अचानक आगो लागेछ’, धादिङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जागेश्वर भण्डारीले भने, ‘घटना बिहान २ बजेतिरको हो।’

उनका अनुसार बसको इन्जिनबाट धुँवा निस्किनासाथ बस रोकेर सबै यात्रुलाई बाहिर निकालेकाले कसैलाई केही हुन पाएन।

Facebook Comments Box