काठमाडौँ उपत्यकामा ४४० जना सहित देशभर थप १ हजा ४३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २० असोज – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४४० जना सहित देशभर थप १ हजा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३४४, भक्तपुरमा ३५ र ललितपुरमा ६१ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ११ हजार १६५ आरटी पीसीआर तथा ४ हजार ३०० एन्टीजेन परिक्षण सहित १५ हजार ४६५ जनाको परिक्षण गर्दा १ हजार ४३ संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख ९२ हजार २६७ रहेको छ भने सक्रिय संक्रमितको संख्या १६ हजार १९४ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप ८९१ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ७२ हजार २२९ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार १९२ रहेको छ ।

Facebook Comments Box