काठमाडौँ उपत्यकामा ३६४ जना सहित देशभर थप १ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ८ असोज – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३६४ जना सहित देशभर थप १ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २५६, भक्तपुरमा ३५ र ललितपुरमा ७३ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा १० हजार ५७५ आरटी पीसीआर तथा ५ हजार ११५ एन्टीजेन परिक्षण सहित १५ हजार ६९० जनाको परिक्षण गर्दा १ हजार ४७६ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख ८० हजार १५२ रहेको छ भने सक्रिय संक्रमितको संख्या २० हजार २८७ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप १ हजार ५५० जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ५८ हजार ५०४ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ८१ रहेको छ ।

