पीएनजी विरुद्धको पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलमा नेपाल २ विकेटले विजय

काठमाडौँ, २२ भदौ – पपुवा न्युगिनी (पीएनजी) विरुद्धको पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलमा नेपाल २ विकेटले विजय भएको छ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा पीएनजी टस जितेर व्याटिङगदै ३३ ओभरमा १ सय ३४ रनमा सिमित भयो ।

पीएनजीका लिगा सिआकाले सर्वाधिक ३० रन बनाउनु भयो । त्यस्तै चार्लेस अमिनीले २३ रन जोड्दा गौडी टोकाले २२ रन बनाउनु भयो ।
नेपालका सन्दीप लामिछानेले ४ विकेट लिनुभयो । डेब्यु खेलाडी बिक्रम सोब र कुशल मल्लले २/२ विकेट तथा सोमपाल कामीले एक विकेट लिनुभयो ।

जवाफमा नेपालले ३९ दसमलव ३ ओभरमा ८ विकेटको क्षतिमा खेल जितेको हो । नेपालका लागि ओपनर व्याटसम्यानले ठिकैमात्र रन बनाए भने मिडिल अडरका व्याटसम्यानहरु चल्न सकेनन नेपलका लागि सर्वाधिक रन रोहित पौडलले ४१ रनको योगदान दिनुभयो आरिफसेखले ३० बनाएभने सोमपाल कामीले २२ रन जोडदै विजय दिलाउनु भयो ।

कुशल भुर्तेलको १५ रन बाहेक अरु खेलाडिले दाहोरो अंकमा रन बनाउन समेनन । पिएनजीका लागि गुडि टोकाले ३, चाद सोपर र दामिन राभुले २—२ विकेट लिनुभयो । नेपालले पीएनजीसँगेका दोस्रो खेले शुक्रबार हुनेछ ।

Facebook Comments Box