आज देशभर केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना

काठमाडौं, १६ भदौ – हाल देशभर मौसम सामान्य बदली रही प्रदेश नं १, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो देशभर केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यस्तै राति पनि केही स्थानमा हल्कादेखि मध्यमसम्म नै वर्षा हुने सम्भावना छ। यस क्रममा प्रदेश नं १ का एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

Facebook Comments Box