आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
काठमाडौँ, १२ फागुन : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर रु १४५.१२ र बिक्रीदर रु १४५.७२ तोकिएको छ । युरोपियन युरो एकको खरिददर रु १७१.०४ र बिक्रीदर रु १७१.७५, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर रु १९५.७९ र बिक्रीदर रु १९६.६० तथा स्वीस फ्रयाङ्क एकको खरिददर रु १८७.०२ र बिक्रीदर रु १८७.८० कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर रु १०२.६१ र बिक्रीदर रु १०३.०४, क्यानेडियन डलर एकको खरिददर रु १०६.०४ र बिक्रीदर रु १०६.४८ तथा सिङ्गापुर डलर एकको खरिददर रु ११४.६१ र बिक्रीदर रु ११५.०८ तोकिएको छ । जापानी येन १० को खरिददर रु ९.३७ र बिक्रीदर रु ९.४१, चिनियाँ युआन एकको खरिददर रु २१.०१ र बिक्रीदर रु २१.०९, साउदी अरेबियन रियाल एकको खरिददर रु ३८.६८ र बिक्रीदर रु ३८.८४ तथा कतारी रियाल एकको खरिददर रु ३९.७० र बिक्रीदर रु ३९.८७ कायम भएको छ ।
त्यसैगरी, थाई भाट एकको खरिददर रु ४.६८ र बिक्रीदर रु ४.७०, युएई दिराम एकको खरिददर रु ३९.५१ र बिक्रीदर रु ३९.६७, मलेसियन रिङ्गेट एकको खरिददर रु ३७.३० र बिक्रीदर रु ३७.४५, साउथ कोरियन वन १०० को खरिददर रु १०.०६ र बिक्रीदर रु १०.१०, स्वीडिस क्रोनर एकको खरिददर रु १६.०० र बिक्रीदर रु १६.०७ तथा डेनिस क्रोनर एकको खरिददर रु २२.८९ र बिक्रीदर रु २२.९९ तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर रु १८.५६ र बिक्रीदर रु १८.६४, कुवेती दिनार एकको खरिददर रु ४७५.३४ र बिक्रीदर रु ४७७.३०, बहराइन दिनार एकको खरिददर रु ३८४.८८ र बिक्रीदर रु ३८६.४७ तथा ओमानी रियाल एकको खरिददर रु ३७६.९६ र बिक्रीदर रु ३७८.५२ निर्धारण गरेको छ । भारतीय रुपैयाँ १०० को खरिददर रु १६० र बिक्रीदर रु १६०.१५ तोकिएको छ ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर फरक हुन सक्ने र अद्यावधिक जानकारी केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने उल्लेख गरिएको छ ।

