बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी, १४ माघ – बैतडी जिल्लामा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका उच्च भेग सिगास, खोडपे, अनारखोली र ढोल्यामोडलगायत स्थानमा हिमपात भएको हो । हिमपातपछि गहुँलगायत हिउँदे बाली राम्रो सप्रिने अपेक्षाले किसानहरू ढुक्क भएका छन् । स्थानीय राजबहादुर टेरका अनुसार हिमपातले बालीका लागि फाइदा पुर्‍याए पनि चिसो अत्यधिक बढेकाले जनजीवन भने प्रभावित भएको छ ।

यसैगरी, ढोरपाटनबाट रासस प्रतिनिधिले जनाएअनुसार ढोरपाटनसहित बागलुङ जिल्लाका उच्च पहाडी क्षेत्रमा पनि भारी हिमपात भएको छ । गएरातिदेखि निरन्तर परेको बाक्लो हिउँका कारण ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्मे भएका छन् ।

हिमपातका कारण धारामा पानी जम्नुका साथै चिसो बढेकाले स्थानीयवासीको दैनिकी प्रभावित भएको छ । निरन्तर हिमपात भइरहेकाले हिँडडुल गर्नसमेत कठिन भएको स्थानीयले बताएका छन् । ढोरपाटनसँगै निसीखोला गाउँपालिकाका रिग, पातीहाल्ने, खानीखोला र निसेलढोर क्षेत्रमा पनि हिमपात भएको छ । हिमपातसँगै हिउँदे बाली राम्रो हुने विश्वास स्थानीय किसानहरूले व्यक्त गरेका छन् ।

Facebook Comments Box