गोरखामा चार रेक्टरस्केलको भूकम्प
काठमाडौँ, १७ भदौ – गोरखा जिल्लाको अजिरकोट गाउँपालिका–३ हंशपुरलाई केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार बिहान ६ः१५ बजे गएको उक्त भूकम्पको तीव्रता चार रेक्टरस्केल मापन गरिएको हो।
यसअघि भदौ १ गते रामेछापको हेलम्चो आसपास केन्द्रबिन्दु भएर पनि चार रेक्टरस्केलको भूकम्प गएको थियो। हाल नेपालमा साना तीव्रताका भूकम्प निरन्तर आउने क्रम जारी छ। भूकम्पीय हिसाबले संवेदनशील हिमालय क्षेत्रमा पर्ने नेपाललाई उच्च जोखिमको क्षेत्र मानिन्छ।
Facebook Comments Box

