इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता
काठमाडौँ, १० साउन — विभिन्न कारणले इरानको जेलमा परेका पाँच नेपाली नागरिक स्वदेश फिर्ता भएका छन्। इरानको अदालतले उनीहरूलाई थुनामुक्त गरेपछि तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (IOM) को सहयोगमा उनीहरूलाई नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
यसअघि भारत सरकारको सहयोगमा भारतीय उद्धार उडानबाट नौ नेपाली नागरिक तीन चरणमा स्वदेश फर्काइसकिएको मन्त्रालयले स्मरण गराएको छ। गत १३ जुनदेखि इजरायल–इरानबीच सुरु भएको द्वन्द्व २३ जुनमा युद्धविराम भएपछि इरानको शान्तिसुरक्षा स्थिति सहज बन्दै गएपछि नेपालीहरूलाई उद्धार सम्भव भएको मन्त्रालयले जनाएको छ। सरकारले उद्धार प्रक्रियामा सहयोग पुर्याउने सबै पक्षप्रति आभार व्यक्त गरेको छ।
Facebook Comments Box

