आज देशका केही स्थानमा वर्षा र हिमपात हुने सम्भावना

काठमाडौँ, ९ पुस – आज देशका केही स्थानमा वर्षा र हिमपात हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको अनुसार दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको हो। यसैगरी देशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।

महाशाखाकी मौसमविद् सजिना शाक्यले आज दिउँसो काठमाडौँ उपत्यकाका पनि एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जानकारी दिइन्। आज राति भने प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रदेश १, मधेश प्रदेश, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावनाका साथै देशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने तथा तराईका केही भूभागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जीवन र सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन हुन अनुरोध छ।

Facebook Comments Box