अविरल वर्षाका कारण पहिरोले दुई घर पुरिदा दुईजना घाइते

काठमाडौँ, २० साउन – अविरल वर्षाका कारण पहिरोले पुर्दा धनकुटाको महालक्ष्मी नगरपालिका -२ मा दुई घर पुरिदा दुईजना घाइते भएका छन् । शुक्रबार बिहान पहिरोले महालक्ष्मी -२ को लाफ्टाङमा दुई घर पुरेको हो ।

घर परिदा दुईजना घाइते भएको प्रहरीले जनाएको छ । पहिरोले स्थानीय तिलकबहादुर कटुवाल र कोषमाया बुढाथोकीको घर भत्किएको प्रहरीले जनाएको छ ।

पहिरोले कटुवालको घर पुर्दा ८४ वर्षीय कटुवाल र ४५ वर्षकी मित्रमाया कटुवाल दुवैजनाको दुवै हात भाचिएको जिल्ला प्रहरी प्रवत्ता डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।

उनीहरु दुबैलाई उपचारका लागि सुनसरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज रायले जानकारी दिनुभयो ।

त्यस्तै? अन्य दुई घरसमेत पहिरोमा जोखिममा परेका छन् । पहिरोले बगाएको तथा जोखिममा परेका चारै परिवारलाई तत्काल छिमेकीको घरमा सारिएको रायाले जानकारी दिनुभयो ।

पहिरोले पुर्दा बुढाथोकीको घर, घरभित्रको सामान, अन्नपात, सुनचाँदी, नगद गरी अन्दाजी ४० लाख र कटुवालको घर, घरभित्रको सामान, सुनचाँदी गरी ३० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box