बालेन शाह स्थापितभन्दा बालेन १० हजार ८ सय ५१ मतले अगाडि

काठमाडौं, ५ जेठ – काठमाडौं महानगरपालिकामा मतगणना जारी छ। पछिल्लो मतपरिणामअनुसार बालेन शाहले दोस्रो स्थानमा रहेका केशव स्थापितसँग झण्डै ११ हजार मतको अग्रता कायम गरेका छन्।

एमालेका स्थापितभन्दा बालेन १० हजार ८ सय ५१ मतले अगाडि रहेका छन्। शाहले २३ हजार १९५ मत ल्याउँदा स्थापितले १२ हजार ३४४ मत पाएका छन्। यता तेस्रो स्थानमा रहेकी कांग्रेस उम्मेदवार सिर्जना सिंहले ११ हजार ४४२ मत ल्याएकी छिन्। त्यस्तै हलोले २ हजार ३७१ मत ल्याएको छ।

उपमेयरतर्फ भने एमाले उम्मेदवारको मतान्तर निकै बढी छ। सूर्यले २३ हजार १७ मत ल्याइसक्दा लौरोले २ हजार ४४८, कलमले ७३७३, हलोले ५१६८ मत ल्याएको छ। यो दिउँसो २ः५५ सम्मको गणनाको परिणाम हो।

Facebook Comments Box