एकदिवसीय र टी–ट्‍वान्‍टी सिरिजका लागि टिम घोषणा, ज्ञानेन्द्र मल्ल र विनोद भण्डारी आउट

काठमडौं, ८ चैत – नेपाल क्रिकेट संघ (क्यान) ले एकदिवसिय र त्रिकोणात्मक टी–ट्‍वान्‍टी सिरिजका लागि नेपाली क्रिकेट टिमको घोषणा गरेको छ । क्यानले मंगलबार एकसाथ सन्दीप लामिछानेको कप्तानीमा दुई टिमको घोषणा गरेको हो । क्यानले सार्वजनिक गरेको एकदिवसीय टिमको सूचीमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल अटाउनुभएको छैन ।

सन्दीप नेतृत्वको एकदिवसिय नेपाली टोलीमा आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, सागर ढकाल, कमल सिंह ऐरी, अनिल साह, विक्रम सोब, सुशन भारी, रोहित पौडेल, पवन सर्राफ, देव खनाल, गुलसन झा र भिम सार्की रहनुभएको छ।

त्यसैगरी सन्दीपकै नेतृत्वको टी–ट्‍वान्‍टी टोलीमा आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, सागर ढकाल, कमल सिंह ऐरी, आशिफ शेख, करण केसी, अविनाश बोहरा, विवेक यादव, दिलिप नाथ, लोकेश बम, कुशल मल्ल र आदिल अन्सारी समेटिनु भएको छ ।

Facebook Comments Box