सुपारी, केराउ, मरिच र छोकडाको आयात खुल्ला, उद्योगलाई मात्रै आयात गर्न दिइने

काठमाडौं , २६ फागुन – परिमाणात्मक बन्देज लगाइँदै आएको सुपारी, केराउ, मरिच र छोकडाको आयात खुल्ला भएको छ। सरकारले उक्त वस्तुको आयात खुलेको सूचना बिहीबारको राजपत्रमा प्रकाशित गरेको हो।

उद्योग विभागको सिफारिसमा सम्बन्धित उद्योगले आफैँ आयात गर्न सक्ने गरी आयात खुल्ला गरिएको राजत्रपमा भनिएको छ। तर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुमति प्रदान गर्ने बताइएको हो।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत माघ १० मै मन्त्रिपरिषद्को बैठकमा पुर्याएको यससम्बन्धी प्रस्ताव पास भएर मन्त्रालयमा आइपुगेको हो। मन्त्रालयमा रोकिएको यस निर्णय आज राजपत्रमा प्रकाशित भएको हो।

२०७६ चैतमा यी वस्तुको आयात नै बन्द गरिएको थियो। तर फेरि पछि सरकारले परिमाणात्मक रुपमा खुल्ला गर्ने निर्णय गरेको थियो। अब भने उद्योगले आफैँ खपत गर्न सक्ने परिमाण आयात गर्न पाउने भएका हुन्।

चालू आर्थिक वर्षको लागि यस्ता वस्तु आयात गर्न सरकारले ठूलो कसरत गरेको छ। मुख्यतया यस्ता वस्तु स्वदेशी खपत र उद्योगलाई चाहिने गरी सरकारले आयात खुलाउन चाहेको थियो।

सोहीअनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक कार्यविधि समेत बनाएको थियो। सोही कार्यविधिअनुसारको परिमाण तोकेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव पेश भएको थियो।

कार्यविधिमा नेपालमा सुपारी, केराउ, मरिच, छोकडाजस्ता कच्चा पदार्थको रुपमा प्रयोग गर्ने उद्योगलाई मात्रै आयात गर्न दिइने उल्लेख थियो। छ ।

Facebook Comments Box