नेकपा एमालेले दशौं राष्ट्रय महाधिवेशन आगामी मंसिर दोस्रो साता

काठमाडौँ, ८ भदौ – नेकपा एमालेले दशौं राष्ट्रय महाधिवेशन आगामी मंसिर दोस्रो सातामा गर्ने भएको छ ।

माधवकुमार नेपाल समूहमा रहेका, तर नयाँ पार्टीमा नगएका १० जना स्थायी कमिटी सदस्यहरु समेत सहभागी भएको स्थायी कमिटी बैठकले मंसिर १०, ११ र १२ गते महाधिवेशन गर्ने निर्णय गरेको हो ।

त्यसअघि असोज ४, ५ र ६ गते विधान अधिवेशन हुने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

Facebook Comments Box