बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईलाई वर्ष उत्कृष्ठ नागरिकका रुपमा सम्मान
झापा, २६ कात्तिक – स्वास्थ्य क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको भन्दै बीएण्डसी अस्पताल बिर्तामोडका कार्यकारी निर्देशक दुर्गा प्रसाईलाई सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रले वर्ष उत्कृष्ठ नागरिकका रुपमा सम्मान गरेको छ ।
पूर्वाञ्चल क्यान्सर अस्पतालकासमेत कार्यकारी निर्देशक रहेका प्रसाईलाई संस्थाको १० औं वार्षिक उत्सवका अवसरमा सम्मान गरिएको थियो । सम्मानित प्रसाईलाई संस्थाका अध्यक्ष उत्तम खनालले सम्मान पत्र प्रदान गरे ।
ग्रामीण क्षेत्रमा रहेर पनि स्वास्थ्य जस्तो सम्वेदनशील क्षेत्रमा हात हाल्दै प्रसाईले बिर्तामोडलाई स्वास्थ्य क्षेत्रको ‘हव’ बनाएको भन्दै सम्मान गरिएको हो ।
सम्मान पत्र ग्रहण गर्दै प्रसाईले असाधारण मान्छेले नै चमत्कारिक काम गर्ने भएकाले आफूले पनि स्वास्थ्य क्षेत्रमा हात हालेको बताए । बिर्तामोडलाई स्थापित गराउन आफूले धेरै संर्घष गरेको भन्दै उनले बिर्तामोड बिस्तारै मेडिकल क्षेत्रको हब बन्दै भएको र बीएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालका कारण बिर्तामोड नेपालमा मात्र नभई विश्वमै चिनिदै गएको बताए ।


