आजको मौसम: चार प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल हिमाली र पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा सामान्यतया बादल लाग्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी तराईमा मौसम मुख्यतया सफा रहने अनुमान छ।

दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा र कोशी तथा बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति हिमाली भूभागमा सामान्यतया बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली हुनेछ। तराईमा मौसम मुख्यतया सफा रहने अनुमान छ। रातिको समयमा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Facebook Comments Box