पोखरामा स्कुल बस दुर्घटना, मृत्यु हुने विद्यार्थीको सङ्ख्या पाँच पुग्यो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८, ओख्लेमा भएको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। यसअघि तीन जनाको मृत्यु भएकोमा थप दुई बालिकाको मृत्यु भएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभएको छ।

दुर्घटनामा घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। मृत्यु भएकाहरूको पहिचान भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। उद्धार कार्य सकिएपछि पहिचानको प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ।

पोखरा–२८ माझठानाबाट कालिका बोर्डिङ स्कुलतर्फ आउँदै गरेको बस दुर्घटनामा परेको हो। प्रहरीका अनुसार बसमा २५ जना सवार थिए। तीमध्ये २१ जना कक्षा १० का विद्यार्थी थिए। विद्यार्थीहरू परीक्षाको तयारीका लागि अतिरिक्त कक्षा लिन जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

Facebook Comments Box