नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
काठमाडौँ । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित हुनुभएको छ। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत शुक्रबार भएको मतदानपछि काठमाडौँको राष्ट्रिय सभागृहमा गरिएको मतगणना सकिँदा थापा सभापतिमा निर्वाचित हुनुभएको हो। महाधिवेशनको मिडिया सेन्टरका सदस्य महेश गौतमका अनुसार थापाले ६ हजार ५ सय ८४ मत प्राप्त गर्नुभएको छ। उहाँका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३ सय ७५ मत प्राप्त गर्नुभएको छ। मतगणनामा ५४ मत बदर भएको जनाइएको छ।
निर्वाचन समितिका अनुसार ७ हजार ३ सय १७ जना महाधिवेशन प्रतिनिधिमध्ये ७ हजार ३९ जनाले मतदान गरेका थिए। सभापति पदको मतगणना सकिए पनि अन्य पदका मतपेटिका भने पार्टीको केन्द्रीय कार्यालय सानेपा लगिएको छ। अन्य पदको मतगणना त्यहीँ गरिने जनाइएको छ।
Facebook Comments Box

