सरकारले माग्यो कोरोनाले विदेश जान नपाएका विद्यार्थीको निवेदन
काठमाडौं, २१ चैत – कोभिड–१९ महामारीको अवधिमा नेपाल फर्किआएका र बन्दाबन्दीको कारणले अध्ययन गर्न जान नपाएको विद्यार्थीहरुले चैत २५ गतेभित्र निवेदन दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुरोध गरेको छ ।
मन्त्रालयले सूचना जारी गर्दै चीन लगायतका देशहरूमा उच्च शिक्षाका विभिन्न शैक्षिक कार्यक्रमहरूमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई मन्त्रालयको सूचना पाटी वा वेबसाइटमा राखिएको निवेदन ढाँचा अनुसार विवरण खुलाई मन्त्रालयको प्राविधिक शिक्षा शाखाको इमेलमा निवेदन गर्न अनुरोध गरेको छ ।
Facebook Comments Box

