माइक्रोबसको ठक्करबाट स्याङ्जामा ७८ वर्षीया महिला घाइते

स्याङ्जा । स्याङ्जाको वालिङमा माइक्रोबसको ठक्करबाट ७८ वर्षीया महिला घाइते भएकी छन्। वालिङ नगरपालिका–१० पण्डितथोकस्थित सिद्धार्थ राजमार्गमा मंगलबार साँझ माइक्रोबसले पैदल हिँडिरहेकी सुमित्रा पङ्गेनीलाई ठक्कर दिएको हो। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मोदीखोलाबाट वालिङतर्फ आउँदै गरेको बा ३ ख ८६२६ नम्बरको माइक्रोबसले विपरीत दिशाबाट आउँदै गरेकी पङ्गेनीलाई ठक्कर दिएको थियो।

दुर्घटनामा टाउकोमा चोट लागेकी पङ्गेनीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उनलाई सुरुमा गह्रौँ प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार गरिएपछि थप उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेजमा पठाइएको छ। दुर्घटनामा संलग्न माइक्रोबस र चालकलाई वडा प्रहरी कार्यालय वालिङले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

Facebook Comments Box