प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको बैठक सरकारी निवासमा नराख्ने

काठमाडौं, १७ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यले साथ दिएसम्म पार्टीको बैठक सरकारी निवासमा नराख्ने जानकारी गराएका छन्। बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् उनले यस्तो घोषणा गरेका हुन्। एमाले सचिवालय बैठक आज बिहान ११ बजे बस्दै छ। सिंहदरबार नजिकै हनुमानस्थानस्थित होटेल बसेरामा एमालेले आजको सचिवालय बैठक बोलाएको छ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले बैठकअघि सरकारी निवासमा पार्टीको बैठक नबस्ने घोषणा गरेका हुन्। ‘सामाजिक सञ्जालमार्फत् तपाईंहरूले दिनु भएको सुझाव अनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज हाम्रो पार्टीको सचिवालय बैठक छ।

मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ। यसरी नै मलाई सुझाव दिँदै जानुहोला।’

Facebook Comments Box