क्यानले अप्सरी बेगमलाई निलम्बन गर्ने
काठमाडौँ, २१ असार – नेपाल क्रिकेट संघ (क्यान)ले महिला क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गरेको छ । क्यान कार्यसमितिको बिहीबार बसेको बैठकले बेगमलाई निलम्बन गर्दै थप छानबिन गर्न अनुशासन आयोगलाई जिम्मा दिने निर्णय गरेको हो ।
महिला टी–२० एसिया कपका लागि महिला टोलीको बन्द प्रशिक्षण चलिरहेको छ । त्यसक्रममा बेगमले टिम व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको क्यानको दाबी छ ।
Facebook Comments Box