भारतलाई काभा वुमन्स भलिबल च्यालेन्ज कपको उपाधि
काठमाडौं, १४ जेठ – काठमाडौंमा भएको काभा वुमन्स भलिबल च्यालेन्ज कपको उपाधि भारतले जितेको छ । दशरथ रंगशालास्थित कभर्ड हलमा भएको खेलमा काजाकस्तानलाई सोझो सेटमा ३-० ले हराउँदै भारतले उपाधि जितेको हो ।
प्रतियोगितामा अपराजित रहेको काजकस्तान फाइनलमा भारतसित पराजित भयो । सेन्ट्रल एसियाका दुई बलिया टिम भारत र कजाखस्तानले यसअघिको दुई संस्करण खेलेका थिएनन् । डेब्यु प्रतियोगितामै फाइनलमा पुगेको भारतले उपाधि उचालेको हो ।
Facebook Comments Box

