पछिल्लो २४ घण्टामा देशभर थप ५२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २९ असोज – पछिल्लो २४ घण्टामा देशभर थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा ७४५ आरटी पीसीआर तथा १ हजार १८ एन्टीजेन परिक्षण सहित १ हजार ७६३ जनाको परिक्षण गर्दा थप ५२ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख ५२ हजार २२८ रहेको छ भने सक्रिय संक्रमितको संख्या ६६७ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ८७ हजार ४३८ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या शुन्य रहेकाे स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १२ हजार १८ पुगेको छ ।

Facebook Comments Box