काठमाडौं उपत्यकामा ११५ जना सहित देशभर थप २९९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ४ भदौ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११५ जना सहित देशभर थप २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा १ हजार ६७० आरटी पीसीआर तथा २ हजार ६६७ एन्टीजेन परिक्षण सहित ४ हजार ४३७ जनाको परिक्षण गर्दा थप २९९ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख ४३ हजार ९९६ रहेको छ भने सक्रिय संक्रमितको संख्या ४ हजार ६२५ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ५७७ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ७८ हजार ४२२ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाकाे मृत्यु भएकाे स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९९२ पुगेको छ ।

Facebook Comments Box