काठमाडौँमा उपत्याकामा २१० जना सहित देशभर थप ६६० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २१ साउन – पछिल्लो २४ घण्टामा काठमाडौँमा उपत्याकामा २१० जना सहित देशभर थप ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा १ हजार ९४२ आरटी पीसीआर तथा २ हजार ७४० एन्टीजेन परिक्षण सहित ४ हजार ६८२ जनाको परिक्षण गर्दा थप ६६० जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख ३३ हजार ८७५ रहेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ६४१ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ४४४ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ७२ हजार ६४ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाकाे मृत्य भएकाे स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९७१ पुगेको छ ।

Facebook Comments Box