श्रीलंकामा राष्ट्रपतिको राजीनामा माग्दै प्रदर्शनकारीहरुले राष्ट्रपति भवन कब्जा
काठमाडौं, २५ असार – श्रीलंकाको राष्ट्रपति गोताबाय राजापाक्षेको राजीनामा माग्दै ठूलो संख्यामा प्रदर्शनकारीहरु राष्ट्रपति भवनमा प्रवेश गरेका छन्।
ब्यारिकेड तोडेर प्रदर्शनकारीहरु कोलम्बो फोर्टस्थित राष्ट्रपति भवन कब्जामा लिएका हुन्। विशाल संख्या प्रदर्शनकारीहरु भवनमा पसेको भिडिओ सामाजिक सञ्जालमा पोस्ट भएका छन्। प्रहरीले अश्रुग्यास र पानीतोप प्रहार गरेर उनीहरुलाई रोक्ने प्रयास गरेको छ। कम्तीमा ३० घाइते भएको जनाइएको छ।
उता राष्ट्रपति गोताबाय राजापाक्षे भने त्यसअघि नै भागेको रक्षा स्रोतलाई उधृत गर्दै एएफपीले जनाएको छ। राष्ट्रपति भागेपछि प्रधानमन्त्री रनिल विक्रमासिंगेले आपतकालीन मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
Facebook Comments Box

