काठमाडौँ उपत्यकामा ६ हजार ३४३ जना सहित देशभर ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ५ माघ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६ हजार ३४३ जना सहित देशभर थप ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४ हजार ६६६, भक्तपुरमा ५७८ र ललितपुरमा १ हजार १९ जनामा संक्रमण देखिएको छ ।

यस्तै, देशभरको प्रयोगशालामा १८ हजार ७६ आरटी पीसीआर तथा ५ हजार ३३१ एन्टीजेन परिक्षण सहित २३ हजार ४०७ जनाको परिक्षण गर्दा थप ११ हजार ३५२ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख ८३ हजार ५५० रहेको छ भने सक्रिय संक्रमितको संख्या ४७ हजार ९२९ रहेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा थप ६१३ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख १८ हजार १६० पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ६२८ रहेको छ ।

Facebook Comments Box