अष्टलक्ष्मी शाक्य बागमती प्रदेश संसदीय दलको नेता चयन, आजै मुख्यमन्त्री नियुक्त गर्ने तयारी
काठमाडौँ, २ भदौ – काठमाडौं : नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बागमती प्रदेश संसदीय दलको नेता चयन भएकी छिन्। प्रदेश सदरमुकाम हेटौंडामा बुधबार बसेको संसदीय दलको बैठकले शाक्यलाई दलको नेता चयन गरेको सांसद जुनेली श्रेष्ठले जानकारी दिइन्।
मुख्यमन्त्री डोरमणि पौडेलकै प्रस्ताव शाक्य संसदीय दलकाे नेता चयन भएकी हुन्। उनलाई आजै मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरिएको छ। एमाले वरिष्ठ नेता माधव नेपाल पक्षकी शाक्य अध्यक्ष केपी ओली पक्षमै रहने भएपछि उनलाई मुख्यमन्त्री बनाउन लागिएको हो।
मुख्यमन्त्री पौडेलले आजै राजीनामा दिने तयारी छ।
Facebook Comments Box

