काठमाडौँ उपत्यकामा १ हजार ९६६ जना सहित देशभर थप ४ हजार ५२४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १४ वैशाख – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ९६६ जना सहित देशभर थप ४ हजार ५२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ६०२, भक्तपुरमा १२४ र ललितपुरमा २४० जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा १४ हजार ६७२ आरटी पीसीआर तथा १ हजार ९ एन्टीजेन परिक्षण सहित १५ हजार ६८१ जनाको परिक्षण गर्दा ४ हजार ५२४ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ३ लाख ७ हजार ९२५ रहेको छ भने सक्रिय संक्रमितको संख्या २६ हजार २२५ रहेको छ ।
यसैगरी, देशभरका क्वारेन्टाइनमा ५८ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै, पछिल्लो २४ घण्टामा थप ५५५ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ७८ हजार ५०६ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ३ हजार १९४ रहेको छ ।

Facebook Comments Box