काठमाडौँ उपत्यकामा १३७ जना सहित देशभर थप २६६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, २३ चैत – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १३७ जना सहित देशभर थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ९८, भक्तपुरमा १३ र ललितपुरमा २६ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा ४ हजार ५३६ जनाको पीसीआर परीक्षण गर्दा २६६ जनामा संक्रमण देखिएको हो । यो सँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ७८ हजार २१० रहेको छ भने सक्रिय संक्रमितको संख्या १ हजार ८३२ रहेको छ । यसैगरी, देशभरका क्वारेन्टाइनमा ६४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यस्तै, पछिल्लो २४ घण्टामा थप १०२ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ७३ हजार ३४२ पुगेको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुने को संख्या ३ हजार ३६ पुगेको छ ।