युद्धविरामपछि पनि इरानको कुवेत र यूएईमा आक्रमण

काठमाडौं, २६ चैत – इरान ले अमेरिका सँग दुई हप्ते युद्धविराम घोषणा गरेलगत्तै कुवेतसंयुक्त अरब इमिरेट्स (यूएई) मा आक्रमण गरेको जनाएको छ । इरानको सरकारी टेलिभिजनका अनुसार बुधबार कुवेत र यूएईलाई लक्षित गरी ड्रोन र मिसाइल प्रहार गरिएको हो ।

यसअघि बुधबार नै इरान, अमेरिका र इजरायल बीच दुई हप्ताका लागि युद्धविराम घोषणा भएको थियो । तर, केही घण्टामै इरानले आफ्नो भूमिमा भएको आक्रमणको जवाफस्वरूप कुवेत र यूएईमा हमला गरेको दाबी गरेको छ । इरानले लावन द्वीप मा भएको हवाई हमलाबाट तेल पूर्वाधारमा क्षति पुगेको जनाएको छ ।

इरानको तेल मन्त्रालयका अनुसार उक्त आक्रमणका कारण तेल प्रशोधन प्लान्टमा आगलागी भएको थियो । त्यसलगत्तै इरानले छिमेकी देशका ऊर्जा केन्द्रलाई लक्षित गर्दै जवाफी कारबाही सुरु गरेको हो । कुवेतका सेनाका अनुसार इरानले प्रहार गरेका २८ वटा ड्रोनलाई बीचमै रोकिएको छ ।

यद्यपि केही आक्रमणबाट बिजुली केन्द्र तथा जल विलवणीकरण संयन्त्रजस्ता महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेको जनाइएको छ । त्यस्तै, यूएईले पनि आफ्नो वायु रक्षा प्रणालीमार्फत इरानी मिसाइलहरू अवरोध गरेको पुष्टि गरेको छ ।

Facebook Comments Box