चितवनमा १८ जनामा कुष्ठरोग संक्रमण पुष्टि

चितवन, २३ चैत – यहाँ उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठरोग को संक्रमण देखिएको छ। जनस्वास्थ्य कार्यालयका क्षयकुष्ठ अधिकृत जयराम दुवाडी का अनुसार संक्रमितमध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिका मा १३ जना रहेका छन्। यस्तै कालिका नगरपालिका मा चार र माडी नगरपालिका मा एक जनामा संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये १० पुरुष र आठ महिला रहेका छन्।

गत आर्थिक वर्षमा भने ४३ जनामा कुष्ठरोग देखिएको थियो, जसमा २६ पुरुष, १६ महिला र एक जना १४ वर्षमुनिका थिए। दुवाडीका अनुसार कुष्ठरोग माइक्रोब्याक्टेरियम लेप्रे नामक सूक्ष्म जीवाणुबाट हुने सरुवा रोग हो। यसका प्रारम्भिक लक्षणमा शरीरमा फुस्रो वा हल्का रातो दाग देखिनु, छुँदा महसुस नहुनु लगायत पर्दछन्।

रोग बढ्दै जाँदा अनुहार र कानमा गिर्खा देखिनु, छाला बाक्लो र चम्किलो हुनु, आँखीभौँ झर्नु जस्ता लक्षण देखिन सक्छन्। स्नायुमा असर परेमा हातखुट्टा झमझम हुनु, सुन्निनु, दुख्नु वा स्पर्श थाहा नहुनु जस्ता समस्या देखिने बताइएको छ।

कुष्ठरोगलाई किटाणुको मात्राका आधारमा बढी किटाणु भएको (एमबी) र कम किटाणु भएको (पीबी) गरी दुई प्रकारमा वर्गीकरण गरिन्छ। एमबी प्रकारका बिरामीले १२ महिना र पीबी प्रकारका बिरामीले ६ महिना नियमित औषधि सेवन गर्नुपर्ने स्वास्थ्यकर्मीले बताएका छन्

Facebook Comments Box