रामेछाप बस दुर्घटना : १२ मृतकमध्ये ९ जनाको सनाखत

काठमाडौँ, २७ माघ – रामेछापको सिरिसे ढाँडे हुँदै ओखलढुङ्गातर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परेर ज्यान गुमाएका १२ मध्ये ९ जनाको सनाखत भएको छ।

मंगलबार बिहान रामेछापको मचानेटार भन्ने स्थानबाट बागमती प्रदेश ०१–००५ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेको थियो। दुर्घटनामा ७ पुरुष र ५ महिला गरी १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। साथै, ८ जना घाइते भएका छन्।

सबै शवहरू मन्थली अस्पताल ल्याइएको छ। सशस्त्र प्रहरीको गोताखोर टोलीले अझै पनि खोजी कार्य जारी राखेको छ।

सनाखत भएका मृतकहरू:

१. दोलखा भिमेश्वर नगरपालिका–७ बस्ने अन्दाजी २५ वर्षीया बबि तामाङ
२. दोलखा भिमेश्वर नगरपालिका–८ बस्ने अन्दाजी ६० वर्षीया मानबहादुर तामाङ
३. रामेछाप लिखु तामाकोशी गाउँपालिका–४ बस्ने अन्दाजी २८ वर्षीय दिपेश बस्नेत
४. रामेछाप लिखु तामाकोशी गाउँपालिका–७ बस्ने अन्दाजी ३५ वर्षीया सानुमाया तामाङ
५. रामेछाप लिखु तामाकोशी गाउँपालिका–७ बस्ने अन्दाजी ३१ वर्षीया तारा तामाङ
६. रामेछाप लिखु तामाकोशी गाउँपालिका–७ बस्ने अन्दाजी ३६ वर्षीय भिमबहादुर तामाङ
७. रामेछाप लिखु तामाकोशी गाउँपालिका–७ बस्ने अन्दाजी १६ वर्षीया रमिता तामाङ
८. रामेछाप लिखु तामाकोशी गाउँपालिका–४ बस्ने अन्दाजी २५ वर्षीय दिपेन्द्र बस्नेत
९. सिन्धुली गोलन्जोर गाउँपालिका–६ बस्ने अन्दाजी ३४ वर्षीय शिव श्रेष्ठ

Facebook Comments Box