मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान
जनकपुर, १७ मंसिर – मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको छ। प्रदेश प्रमुखको कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै शुक्रबार दिउँसो ५:०० बजेसम्म मुख्यमन्त्री पदको दाबी पेस गर्न आग्रह गरेको हो।
मुख्यमन्त्री सरोजकुमार यादवले दिएको राजीनामा स्वीकृत भइसकेकाले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई दाबी पेस गर्न आह्वान गरिएको सूचनामा उल्लेख छ।
Facebook Comments Box

