परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका गभर्नर–जनरलबीच भेटवार्ता
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार भेटमा नेपाल र अस्ट्रेलियाबीचको छ दशक लामो मैत्रीपूर्ण सम्बन्ध, अस्ट्रेलियामा नेपाली समुदायको योगदान तथा नेपाली विद्यार्थीको हितलगायत विषयमा छलफल भएको छ।
यस्तै, आगामी जलवायु सम्मेलन कोप–३१ को सन्दर्भमा नेपालको जलवायु एजेन्डालाई अस्ट्रेलियाले समर्थन गर्ने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ। छलफलमा हिमालयको संरक्षण, जलवायु उत्थानशीलता अभिवृद्धि तथा पूर्वचेतावनी प्रणाली स्थापना गर्ने विषय समेटिएका छन्।
Facebook Comments Box

