नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण

काठमाडौँ,  २८ चैत  – नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शुक्रबार शीतल निवास मा आयोजित समारोहमा रामचन्द्र पौडेल समक्ष उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीका रूपमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका रूपमा रामजी यादव ले शपथ ग्रहण गर्नुभएको हो ।

समारोहमा रामसहाय प्रसाद यादव, बालेन्द्र शाह, डोलप्रसाद अर्याल, नारायणप्रसाद दाहाल लगायत मन्त्री, सांसद, संवैधानिक निकायका प्रमुख, उच्च सरकारी अधिकारी तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

Facebook Comments Box