पश्चिमी वायुको प्रभाव: हिमाली क्षेत्रमा बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, २८ चैत  – जल तथा मौसम पूर्वानुमान महाशाखा का अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले कोशी प्रदेश, बागमती प्रदेशगण्डकी प्रदेश का पहाडी तथा हिमाली भू–भागसहित अधिकांश हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ । अन्य पहाडी क्षेत्रमा आंशिक बदली तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको जनाइएको छ ।

शनिबार दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली भेगसहित देशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी भाग र कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ । महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली प्रदेशसुदूरपश्चिम प्रदेश का हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ । साथै लुम्बिनी प्रदेश र सुदूरपश्चिमका तराई क्षेत्रका केही स्थानमा हुरी चल्ने सम्भावना रहेको छ ।

आज राति पनि हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगका केही स्थान तथा कोशी र गण्डकीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ । वर्षा तथा हिमपात हुन सक्ने क्षेत्रका सर्वसाधारण, यात्रु तथा यातायात व्यवसायीलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Facebook Comments Box