त्रिवि शिक्षण अस्पतालमा पनि दुई दिन सार्वजनिक बिदा लागू

काठमाडौं, २६ चैत – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल)ले शनिबार र आइतबार गरी हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय लागू गरेको छ । सरकारले साताको दुई दिन बिदा दिने निर्णय गरेसँगै अस्पतालले पनि सोहीअनुसार बिदा दिने सूचना जारी गरेको हो ।

सरकारको निर्णयअनुसार त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले चैत २३ गते दुई दिन बिदा दिने निर्णय गरेपछि उक्त व्यवस्था कार्यान्वयनमा ल्याइएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालद्वारा जारी सूचनामा शनिबार र आइतबारबाहेक अन्य दिन कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको उल्लेख छ । यद्यपि, बिरामीको सेवामा असर नपर्ने गरी ओपीडी तथा शल्यक्रिया सेवा भने शुक्रबार पूरा समय र अन्य दिन पनि नियमित रूपमा सञ्चालन हुने अस्पतालले स्पष्ट पारेको छ ।

Facebook Comments Box